बैङ्किङ कसुर मुद्दामा काठमाडौँ ‘भ्यु टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको ठेक्का पाएका व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल १० करोडको बैङ्किङ कसुर मुद्धामा पक्राउ परेका हुन् ।

उनलाई शुक्रवार अनामनगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए । भेटवाल विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ ।

भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।