रुकुम पश्चिममा जबरजस्ती करणी आरोपमा वाईसीएलका नेता पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रुकुम पश्चिममा जबरजस्ती करणी गरेको आरोपमा योङ कम्युनिस्ट लिग (वाईसीएल) का नेता पक्राउ परेका छन् । माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी इन्चार्ज चौरजहारी–४ का ३० वर्षीय रेशम खत्री पक्राउ परेका हुन् ।

जाजरकोटकी १७ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा सानीभेरी गाउँपालिका–२ स्थित एक होटलबाट खत्रीलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

पीडित किशोरीले गत जेठ १८ गते कार्यालयमा जाहेरी दिएकी थिइन् । पीडितले जाहेरी दिए यता आरोपित खत्री फरार रहेको र गोप्य सूचनाका आधारमा हिजो उनलाई पक्राउ गरिएको डीएसपी विष्टले बताए ।

उनलाई आजै रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

आरोपित खत्री चौरजहारी नगर खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका छन् ।

सिफारिस