अत्यधिक वर्षाका कारण धनगढी क्षेत्र डुवानमा, जनजीवन प्रभावित

दियोपोस्ट संवाददाता

धनगढी । अविरल वर्षाका कारण सुदुर पश्चिम प्रदेशको राजधानी धनगढी र आसपासका क्षेत्र डुवानमा परेका छन् । रातभर परेको अबिरल वर्षा पछि धनगढीको मुख्य सडक लगायत रातो पुल, हसनपुर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका हुन ।

आइतबार रातिदेखि भारी वर्षा भइरहेकोले स्थानीय खोलानालामा पनि पानीको सतह अत्यधिक बढेको छ । बस्ती नै डुवानमा परेपछि रातो पुल, हसनपुर, विशालनगर वरीपरीको बस्ती प्रभावित बनेको छ । रातो पुलमा अधिकांश पसलमा पानी पसेका कारण व्यापारीहरू चिन्तामा छन् ।

बाटोमा पानी भरिएर हिंडडुल गर्न मुस्किल भएका कारण विद्यार्थीहरू बिद्यालय जान सकेका छैनन् । धनगडी आसपासका विद्यालयहरू बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।