मोरङ । मोरङमा एक ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।शनिबार बिहान करिब ४ः४५ बजे जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ५ रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो ।
बालिका राति आमाबुबासँगै सुतेकी थिइन् । तर, बिहान करिब ३ बजेतिर अभिभावकले आफूहरूसँग छोरी नभएको थाहा पाएका थिए । त्यसपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए ।
प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार बालिकाको शरीरमा चोटपटक पनि देखिएको थियो । घटनाबारे प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा बालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर उक्त ठाउँमा फालेको खुलेको नायब उपरीक्षक चुडालले बताइन् । अनुसन्धानपछि प्रहरीले काका नाता पर्ने ती युवकलाई पक्राउ गरेको उनको भनाई छ ।
बालिकाकै काका नाता पर्ने २२ वर्षीय पुरुषलाई हाडनाता करणी र हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । उनलाई ज्यान सम्बन्धी कसुर ९कर्तव्य ज्यान० र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।