कांग्रेस कार्यालय अगाडि नेबिसंघका विद्यार्थीद्वारा प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन हुनुपर्ने माग राख्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि नेविसंघ नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले ९ वर्षसम्म संगठनको अधिवेशन नगराएर पार्टीले बन्धक बनएको भन्दै बिरोध गरे । मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन् ।

उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन् ।