रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रुपन्देही ३ उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको छ । आयोगले आगामी कार्तिक १७ गते उपनिर्वाचनका लागि मिति सार्वजिनक गरेको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।