विनयी खोलामा निर्माणाधिन पक्की पुल आउँदो शनिबारदेखि सञ्चालनमा आउने

दियोपोस्ट संवाददाता  

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीस्थित दुम्कीबासको विनयी खोलामा निर्माणधिन पक्की पुल आउँदो शनिबारदेखि सञ्चालनमा आउने भएको छ । चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबीचको छलफलअनुसार शनिबार साँझदेखि पुल सञ्चालनमा ल्याउन लागिएको हो ।

पुलको ढलान भएको करिब चार साता भइसकेको र बाँकी कार्य सम्पन्न गर्न शनिबारसम्म लाग्ने भएकाले शनिबार पुल सञ्चालनमा ल्याउन लागिएको आयोजना प्रमुख ईश्वरबहादुर रिजालले जानकारी दिए । यसअघि, विनयी खोलामा करिब ५२ वर्षअघि निर्माण गरिएको फलामे पुल गत पुस २६ गते मालबहाक ट्रक चल्दा भाँचिदा अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो।

आयोजना प्रमुख रिजालका अनुसार चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र परामर्शदाता कम्पनीलाई अबको दुई महिना दाउन्ने सडकमा केन्द्रित भएर काम गर्न निर्देशन दिइएको छ।

सिफारिस