विश्वकमा दुइ खेल गुमाइसकेको दक्षिण अफ्रिका भारतसंग खेल्दै

दियो पोस्ट  

काठमाडौँ, जेठ २२ । विश्वकप क्रिकेट २०१९ मा भारतले पहिलो खेल आज खेल्ने भएको छ । विश्वकपमा खराब शुरुवात गरेको दक्षिण अफ्रिकाबिरुद्ध भारतले
प्रतिष्पर्धा गर्न लागेको छ ।

दक्षिण अफ्रिकाले यसअघि दुइ खेल गुमाइसकेको छ । पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डसंग १ सय ४ रनले पराजित भएको थियो भने वंगलादेशसंग २१ रनले पराजित भएको थियो । भारतको भने आजको खेल नै पहिलो खेल हो ।

पहिलो खेलबाट नै उत्कृष्ठ शुरुवाती गर्ने लक्ष्यमा भारत रहेको छ । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीमा सुरुआती तीन ब्याट्सम्यान प्रदर्शन पूरा टिमको प्रदर्शनको निर्धारण गर्ने छ । शिखर धवन र रोहित शर्माले भारतको ओपनिङ गर्नेछन् । तेस्रो नम्बरमा कप्तान विराट कोहली हुनेछन् ।

बलिङमा जसप्रित बुम्राह र भूवनेश्वर कुमारले फाष्ट बलिङ जिम्मेबारी लिन सक्नेछन् । तेस्रो फाष्ट बलरका रुपमा अलराउण्डर हार्दिक पण्ड्या पनि बिकल्प हुनेछन् । स्पिनमा कुलदीप यादव, युजवेन्द्र चहल र रविन्द्र जडेजा हुनेछन् ।

प्रतियोगिता सुरु भइसकेपछि दक्षिण अफ्रिकाका मुख्य बलर डेल स्टेन चोटका कारण बाहिरिएका छन् । लुंगी एनगिदी पनि १० दिनका लागि बाहिर रहेका छन् ।

दक्षिण अफ्रिकाका मुख्य समस्या ब्याटिङमा हो । कप्तान फाफ डु प्लेसिसले लगातार दोस्रो हारपछि यही भनेका थिए । क्वीन्टन डी कक र प्लेसिसले मात्रै अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेका छन् ।

सिफारिस