म्यानचेष्टर युनाईटेड छाड्ने पोग्बाको घोषणा

दियो पोस्ट  

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले क्लब छाड्ने घोषणा गरेका छन् ।

कीर्तिमानी मुल्यमा प्रिमियर लिग क्लबसंग जोडिएका पोग्बाले नयाँ चुनौतीका लागि क्लब छाड्ने घोषणा गरेका हुन् ।

विश्व विजेता फ्रान्सका मिडफिल्डर पोग्बा स्पेनिस महारथी क्लब रियल मड्रिड जान चाहन्छन् । उनले फ्रान्सेली लिजेण्ड जिनेदिन जिदानसंग काम गर्ने ईच्छा ब्यक्त गर्दै आएका छन् ।

‘धेरै कुरा छन्, धेरै सोचहरु छन् ।’ २६ बर्षका पोग्बाले भनेका छन्, ‘तीन बर्षको समयमा म्यानचेष्टर युनाईटेडले धेरै राम्रो ग¥यो । केही राम्रा र केही नराम्रा अनुभव लिएको छु, जो सबैले सबै ठाउमा लिन्छन् ।’ एजेन्सी ।

सिफारिस