काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी

दियो पोस्ट  

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले दियो पोस्टलाई बताए ।

उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी किन लागेको भन्ने बारे खुल्न सकेको छैन । क्षतिपूर्ती कति भएको भन्ने अहिले नै यकिन गर्न नसकिने समेत बताए ।