काठमाडौं । ओसारपसार तथा बेचविखन कसरमा फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, झापाको सहयोगमा फरार प्रतिवादीलाई खुदुनावारी, झापाबाट पक्राउ गरेको छ । ईलामको जितपुर–१ झरनाचोक घर भई हाल अर्जुनधारा नगरपालिका–३, खुदुनावारी झापा बस्ने रमेश राई पक्राउ परेका हुन् ।
गत फागुन २७ गते काठमाडौंको चक्रपथ स्थित होटेल ओदानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु अपराध नियन्त्रणका लागि खटि गएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उक्त होटलबाट संरक्षित वन्यजन्तु हात्तीको दाह्रा (आखेटोपहार) १५.६८ के।जी।
अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा नियत्रणमा लिएको थियो । झापाको भद्रपुर नगरपालिका–७ बस्ने भिम कुमार भनिने भक्ति कुमार लिम्बु, सोही ठाउँका अशोक कार्की पाँचथर फिदिम– ४ जोरसाल बस्ने रमेश सुवेदी लाई उक्त आखेटोपहार सहित पक्राउ परेका थिए ।