‘न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नु पर्छ’

दियो पोस्ट  

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश रसाइली न्यायपालिकामा विकृति बढेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृति नियन्त्रण गर्न माग गरेका हुन् ।

‘देवयानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० बर्षसम्म धाउनु पर्छ, न्यायमुर्तीहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले संसदमा भने, ‘करिव २ सय न्यायाधीशलाई न्यायपरिषदले छानविनको दायरमा ल्याएको छ, त्यसैले न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेर अघि बढनु पर्छ ।’