काठमाडौँ । नेपाल केनशिनकान कराते संघले आगामी भाद्र ४ गते राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगित आयोजना गर्ने भएको छ । सात वटा वजन समुहमा सञ्चालन हुने यस प्रतियोगिता बनेपामा अयोजना हुने जानकारी आयोजकले गराएको छ ।
प्रतियोगीतामा प्रत्यक वजन समुहमा प्रथम हुने खेलाडीलाई पन्द्र हजार, द्दितियलाई दश हजार तथा तृतिय हुने दुई जना खेलाडीलाई जनही पाँच पाँच हजार नेपाली रुपैयाँका दरले नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रेश विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी महिला तथा पुरुष तर्फ सर्वोत्कृष्ठ खेलाडी घोषित गरि पुरस्कृत गर्ने आयोजकको भनाइ छ ।