इन्जिनियरिङ क्षेत्रलाई बेवास्ता गरेपछि ठेकेदार सरकारको विकास विज्ञ भएको छ: मैनाली

दियो पोस्ट  

ललितपुर। अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले ठेकेदार सरकारको विकास सल्लाहकार भएको आरोप लगाएका छन ।

अखिल(क्रान्तिकारी) हिमालय कलेज अफ इन्जिनियरिङद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितलाई अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा मैनालीले यस्तो आरोप लगाएका हुन ।

इन्जिनियरिङ क्षेत्रलाई वेवास्ता गरेर चलिरहेको विकास बहस पटक-पटक असफल भइसकेको भन्दै मैनालीले विकासको बहसमा इन्जिनियरिङ समुदायको सहभागिता बढाउन सरकारलाई आग्रह समेत गरे ।

“आजको दिनमा ७० हजार भन्दा बढी इन्जिनियरहरुको संख्या एसोससियनमा दर्ता छ । तर सरकार सिंगो इन्जिनियरिङ क्षेत्रलाई पन्छाएर ठेकेदारको सुझाव लिंदै विकासको नाममा सालिक र धरहरा ठड्याइरहेको छ,” उनले भने ।

सिभिल इन्जिनियर समेत रहेका मैनालीले स्थानिय सरकारका प्रतिनिधि अझ आफै ठेक्का पट्टामा संलग्न रहेको आरोप लगाए । उनले अगाडि भने “जे मा धेरै कमिसन धेरै आउछ त्यसैलाई विकास भन्ने प्रवृति बढेको भन्दै असन्तुष्टि पोखे । डोजर नभएको स्थानिय तहको नेता र ठेक्कापट्टा नगर्ने जनप्रतिनिधि पाउन मुस्किल रहेको उनको भनाई थियो ।

एक हप्तासम्म चल्ने बास्केटबल प्रतियोगितामा उपत्यकाका प्रमुख इन्जिनियरङ कलेजहरुबाट १७ पुरुष र ११ महिला समूह गरि कुल २८ समुह रहेको र पुरुषतर्फ बिजेता र उपबिजेताका लागी क्रमश: ७५ हजार र ४० हजार तथा महिला समुह तर्फका बिजेता र उपबिजेता टिमलाई ४० हजार र २५ हजार नगद पुरस्कार ब्यबस्था गरिने बिद्यार्थी नेता सबिन सिग्देलले जानकारी दिए ।

सम्बन्धित खबर