प्रधानमन्त्री देउवाले श्रीलंकाका नयाँ राष्ट्रपति विक्रमासिंघेलाई दिए बधाई

दियो पोस्ट  

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमासिंघेलाई बधाई दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा देउवाले श्रीलंकाको राष्ट्रपति निर्वाचित भएकोमा विक्रमासिंघेलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट बधाई दिएका हुन्।