फर्जी कागजात पेश गरेका छैनौँ : प्रकाश दुवाडी

दियो पोस्ट  

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ४ ढोलास्थित रहेको प्रारम्भ एग्रो प्रा.लीका सञ्चालक प्रकाश दुवाडीले वडा कार्यालयमा कुनै पनि ‘फर्जी’ कागजात पेश नगरेको दाबी गरेका छन् । दियोपोस्ट डटकममा वडाध्यक्ष कृष्ण गुरुङले खण्डन गर्ने क्रममा उनीद्वारा संचालित उक्त कम्पनिले नै योजना सम्पन्न नभएको कागजात पेश गरेको बताएका थिए । उनको भनाईलाई प्रतिखण्डन गर्दै दुवाडीले यस्तो दाबी गरेका हुन् । त्यस्तै उनको भनाईमा वडाध्यक्ष गुरुङले सहमति जनाएका छन् । यद्धपी दुवैद्वारा गरिएको खण्डनमा हस्ताक्षर भने छैन ।