सिद्धबाबालाई बलात्कारी भनेपछि महरा प्रकरणमा चर्चित बनेकी रोशनी शाही पक्राउ !

दियो पोस्ट  

काठमाडौं । कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएर चर्चामा आएकी रोशनी शाही पक्राउ परेकी छिन् । उनी पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि पक्राउ परेकी हुन् ।

उनलाई पशुपति परिसरबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । उनलाई यतिबेला महानगरीय प्रहरी बृत्त गौशाला राखिएको छ । उनले सिद्धबाबालाई बलात्कारी भन्दै नाराबाजी गरेकी थिइन् । सिद्धबाबामाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप छ ।