नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नबिल बैंकको सहभागीतामा १०० शैयाको हस्पिटल निर्माणमा सम्झौता

diyopost.com
दियो पोस्ट  आइतबार, साउन १५, २०७९ | १४:३०:५७

बुटवल । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागीतामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माण तथा सन्चालन गर्न सहवित्तीयकरण सम्झौता भएको छ ।

लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माण तथा सन्चालन गर्न रु २ अर्व ५४ करोड सम्मको कर्जा सुविधाहरु स्वीकृत गरि गत साउन ५ गते सहवित्तीयकरण सम्झौता सम्पन्न थियो ।

उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु १ अर्ब सम्म लगनी गर्ने छ । सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाको तर्फबाट प्रमूख कार्यकारी अधिकृत श्री राम कृष्ण खतिवडा, नायव महाप्रबन्धक श्री सूर्य बहादुर तामाङ्ग, नायव महाप्रबन्धक श्री विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत श्री भुपेन्द्र पाण्डे सहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष श्री कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो।

कार्यक्रममा हस्पिटलका अध्यक्ष श्री कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर