काठमाडौं । गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।
दाङबाट सल्यान खौलातर्फ जाँदै गरेको रा१ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा मृत्यु भएका दुई जनाकै पहिचान भने भएको छैन ।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले बसलाई छुँदा बसमा नै करेन्ट प्रवाह भएको थियो ।
बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गम्भीर घाइते एक जनालाई उपचारका लागि दाङ पठाइएको छ ।