तम्घास । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–४, जैसिथोक बरबोटमा गाँजा नष्ट गरिएको छ । स्थानीय चेत बहादुर कुँवरको करिब दश धुर जमीनमा प्राकृतिक रूपमा उम्रिएको करिब २ सय वटा गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो ।
प्रहरी चौकी जैसिथोक बरबोटबाट प्रहरी सहायक निरीक्षक रामदेव सुनारको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजाका बोटहरू फडानी गरेको हो।
फडानी कार्यमा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको पनि सक्रिय सहभागिता रहेको प्रहरीले जनाएको छ ।
