‘सिद्धार्थ’ बैंक र ‘सिप्रदी ट्रेडिङ’बीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिद्धार्थ बैंक र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.बीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ । दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न कर्जा सम्झौता भएको हो ।

उक्त सहकार्य अनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् । सो कर्जाको अवधि ५ वर्ष रहेको बताइएको छ ।

सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिने ब्यवस्था रहेको बताइएको छ ।