शिक्षक महासंघको चेतावनी : असार २३ सम्म ‘शिक्षा ऐन’ जारी नभए आन्दोलन गछौँ !

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार सहमति अनुसार ऐन जारी नभएपछि आन्दोलनमा उत्रिने बताइन् ।

गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर, सहमतिको समय सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी भएता पनि शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेको छैन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्नुपर्ने भएकाले विधेयक पास नगरी स्थगित गर्न समय मागेको बताए ।

शिक्षामन्त्री रघुजी पन्तले पनि शिक्षक महासंघसँग वार्ता गर्न समय मागेका थिए । अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गर्नेगरी विधेयक पास गर्ने तयारी थियो ।