
बारा । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँमा घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए । उनका २ छोरा, २ छोरी र श्रीमती छन् । यादवको अन्तिम संस्कार आजै गाउँमा गरिने परिवारले जनाएको छ ।
उनको दाहसंस्कार स्थायी बसोवास कवही गाउँमै दिउँसो १ बजे गरिने उनका छोरा डा. जितेन्द्र यादवले जानकारी दिए ।