पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो बारा उपमहानगरपालिका-१२ बस्ने २९ वर्षीय पवन कुमार साहलाई पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । ।
अभियुक्त साहले पीडितलाई विभिन्न प्रलोभन देखाई वीरगंज महानगरपालिका-१५ भिष्वास्थित विभिन्न होटल तथा लजहरूमा बेश्यावृत्ति गराई बेश्यावृत्तिमा लगाउने गरेको प्रहरीको भनाई छ । प्रहरीले विभिन्न होटल तथा लजहरूमा जर्वजस्ती बेश्यावृत्तिमा लगाइएका केही पीडितको उद्दार समेत गरेको छ ।
अभियुक्त उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।