रूकुम पश्चिम । आफ्नै श्रीमतीको हत्या अभियोगमा रुकुममा एक युवक पक्राउ परेका छन् । चौरजहारी नगरपालिका(३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
चन्द्र बहादुरले खुकुरी प्रहार गरी आफ्नी ३० वर्षीया श्रीमति देविका बुढाथोकीलाई हत्या गरेको प्रहरीले जनाए । हत्याको बिषयमा खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको भनाई ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।