एकीकृत समाजवादीले सोध्यो रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । झाक्रीको अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।

झाक्रीले बोलेको बिषयमा स्पस्टीकरण सोधिएको पार्टी सचिव सोमप्रसाद पाण्डेले बताए । तीन दिनभित्र जवाफ पठाउन भनिएको उनले बताए ।

पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने भन्दै झाँक्रीले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएकी थिइन् ।

त्यस क्रममा उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन् ।

सिफारिस