अज्ञात समुहद्वारा वन कार्यालय जाजरकोटका प्रमुख कुटिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख अमर प्रसाद शाह आफ्नै कार्यकक्षमा कुटिएका छन् । आइतबार दिउँसो करिब ४ बजेतिर अज्ञात समूहले कार्यालयमा प्रवेश गरि शाहलाई निर्घात कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार, तीन–चार जनाको सङ्ख्यामा आएको समूहले साहमाथि हातपात गरेको थियो ।

आक्रमणकारीहरूले मुखमा कालो मास्क लगाएर कार्यालयमा प्रवेश गरेका थिए । घटना लगत्तै उनीहरु फरार भएका थिए । घटनाको खबर पाउनासाथ प्रहरीले आक्रमणकारीहरूको खोजी कार्य तीव्र पारेको छ ।