
काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को (कुलिङ पिरियड)सम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न बिशेष छानबिन समिति गठन भएको छ। नेपाली कांग्रेसका सह-महामन्त्री तथा सांसद जीवन परियारको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानबिन समिति गठन गएिको हो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले ७ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको जानकारी दिए । सभामुख घिमिरेले समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको बताए ।
छानबिन समितिमा कांग्रेसबाट संयोजक परियारसहित सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।
शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएसंगै याृे समिति गठन भएको हो ।