धादिङस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला

दियोपोस्ट संवाददाता

काठमाडौँ । मंगलबार बिहान ३ बजे चीनिया क्षेत्रमा परेको अविरल वर्षापछि त्रिसुली नदीमा आएको बाढीमा २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी र गजुरीको बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो ।

शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाइ छ । प्रहरीले भोटेकोशी बाढीमा परेकाकै शव हो कि अन्य को हो अनुसन्धान भइरहेको जनाएको छ ।