काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलबार शपथ ग्रहण गरेका हुन् ।
न्याय परिषद्ले गत जेठ २७ गते उनीरूलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफरिस गरेको थियो । तीनै जना न्यायाधीशहरुले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेसंगै आजदेखि नै इजलास पाएका छन् ।