टोटल इनर्जीजको ‘निशुल्क’ सर्भिस क्याम्प सम्पन्न

दियोपोस्ट संवाददाता

बुटबल । बुटवल र भैरहवामा ‘टोटल इनर्जीज’को फ्रि-सर्भिस क्याम्प सम्पन्न भएको छ । ‘टोटल इनर्जीज’ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक ‘लक्ष्मी ल्युब’ आयल प्रा.लि.द्वारा आयोजित दुईवटा निशुल्क सर्भिस क्याम्प सम्पन्न भएको हो ।

चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटो केयरमा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भएका थिए ।

त्यस्तै दुईपाङ्ग्रे सवारीका लागि भैरहवा स्थित धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्टसमा असार १९ र २० गते आयोजना गरिएको शिविरमा ५० भन्दा बढी मोटरसाइकलहरू सहभागी भएका थिए ।

शिविरमा सहभागी सवारी साधनहरूलाई निःशुल्क सर्भिसिङ, इञ्जिन चेकअप, र लुब्रिकेन्ट परामर्श प्रदान गरिएको आयोजकले बताए । ग्राहकहरू र मेकानिकहरूलाई इञ्जिनको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने टोेटल इनर्जीजका क्वार्डज रुबिया र हाई-पर्फ उत्पादनहरूको जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागी ग्राहकहरू र मेकानिकहरूलाई गिफ्ट आइटमहरू समेत वितरण गरिएको आयोजकले बताए । यस किसिमका सेवामूलक कार्यक्रममा टोेटल इनर्जीजले स्थानीय बजारमा ब्रान्ड उपस्थितिलाई थप सुदृढ बनाएको बिस्वास ब्यक्त गरिएको छ ।

लक्ष्मी ल्युब आयलले शिविर सम्पन्न गर्न साथ दिने सबै पार्टनर वर्कशपहरू र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।