काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बहादुर बाग नेपाल प्रहरी साईबर ब्यूरोको खोरमा पुगेका छन् । नेकपा(माओवादी केन्द्र) कि सांसद छिरिङ ल्हामु लामा(तामङ)ले आफ्नो चरित्र हत्या गरेको भनि दिएको उजुरीपछी आइतबार निज बागलाई ब्यूरोले पक्राउ गरेको हो ।
डोटिको आदर्श गाउँपालिका ७ स्थायी घर भई काठमाडौको मिलनचोक बस्ने ३० वर्षीय रमेश बहादुर बगलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । सांसद लामाले विद्युतीय कारोबार ऐन २०६३ मा टेकेर कारवाहीका लागि उजुरी गरेकी थिइन ।
सांसद लामाले बागलगायत ६ जनाविरुद्ध उजुरी दिएको बताएकी छन् । निज बाग शाहीको निजी सचिवालय सदस्य भएको पनि जनाईको छ । बाग लगायतले सामाजिक सन्जाालमा चरित्र हत्या गर्ने योजनासहित सामाग्री नियोजितरूपमा हालेकोले निजलाई पक्राउ गरि कारवाहि गर्न लामाले माग गरेकी ब्यूरोले जनाएको छ ।
पक्राउ परेका बागलाई छुटाउन सांसद शाहिले प्रहरी प्रशासनलाई दबाब दिइरहेको पनि स्रोतले बताएको छ । पीडित लामाले ज्ञानेन्द्र शाहीको नियोजितरूपमा लामो समयदेखि चरित्र हत्या गर्दै आएको बताउँदै भनिन्,“शाहीको समूह हात धोएर मेरो पछि लाग्यो, हद नाघेपछी प्रहरीमा जानु पर्यो ।”
