काठमाडौँ । मंगलबार आएको बाढीले रसुवामा पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन गरिएको छ । बिवरण संकलन गर्न रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति, विपद व्यवस्थापन समितिको संयुक्त बैठकले समिति गठन गरेको इन्जिनियर श्रेष्ठले जानकरी दिए ।
समितिमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, यान्त्रिक कार्यालयका प्रमुख ई.विजय हाछेथु, सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख ई. शसिन्द्र घिमिरे, उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, गोसाइँकुण्ड २ का वडाध्यक्ष कामी छिरिङ तामाङ सदस्य रहेका छन् ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरण रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङ, नेपाल टेलिकम रसुवाका प्रमुख नारायणराज श्रेष्ठ, रसुवागढी जलविद्युत कम्पनीका प्रमुख सत्यराम ज्याख्वा, चिलिमे जलविद्युत कम्पनी प्रमुख मनिष विष्ट, नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर शोभाकान्त राउत र नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगबहादुर घिमिरे समितिका सदस्य रहेका छन्।
गठित समितिले विपद प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न भनिएको छ।