बिद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएपछि रसुवागढी क्षेत्रमा अन्धकार

दियोपोस्ट संवाददाता  

 

रसुवा । मंगलबार आएको बाढीका कारण रसुवागढी जलविद्युत आयोजनामा क्षति भएपछि ३ दिनदेखि रसुवागढीमा बिद्युत आपूर्त पूर्ण रुपमा बन्द भएको छ । आयोजनाबाट उत्पादन भइरहेको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएपछि सो क्षेत्र अन्धकारमय भएको हो ।

बिद्युत आपूर्ती बन्द भएपछि स्थानीयहरु रातमा मैनबत्ति बालेर बस्नु परेको छ । बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा समेत क्षति पुगेको छ ।

रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाट क्षमताका हुन ।

बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको बताइएको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावर हाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको स्टेसन हेड सन्तोष अधिकारीले बताए ।

मंगलबार बिहान नेपाल चीन नाका क्षेत्रको लेन्डेखोलामा अचानक बाढी आएको थियो ।

 

सिफारिस