बामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम र माधवकुमार नेपालले नेतृत्व गरिरहेको पार्टी नेकपा एकीकृत समाजवादीबीच एकता हुने भएको छ । साउन २ गते राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरी पार्टी एकता घोषणा गरिने भएको हो ।

लामो समयदेखि नेकपा एमाले छोडेर नेकपा एकता राष्ट्रिय अभियान संचालन गर्दै आएका गौतमले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एकताका लागि सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमल हस्ताक्षर गरेका छन् ।

सिफारिस