सुनसरीको इनरुवामा घरभित्रै श्रीमान-श्रीमतिको शव फेला

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सुनसरीको इनरुवा नगरपालिका–९ बबियास्थित एक घरमा श्रीमान श्रीमतिको शव फेला परेको छ । आइतबार बिहान बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले सुकदेवको शव झुन्डिएको अवस्थामा र सवेता खातुनको शव ओछ्यानमा फेला परेको बताए । प्रहरीका अनुसार फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको थियो ।
प्रहरीका अनुसार सुकदेवको शरीर अर्ध नग्न अवस्थामा थियो। घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेको उनले बताए ।

आइतबार बिहान करिब ९बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।