झापा पुगेर प्रधानमन्त्री आलीले भने,-८४ सालको निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिन्छु

दियोपोस्ट संवाददाता

बिर्तामोड । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिने बताएका छन् । झापाको बिर्तामोडमा आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले एक वर्ष सरकार सञ्चालन गरेर पद हस्तान्तरण गर्ने बताएका हन् ।

सो अबसरमा प्रधानमन्त्री ओलीले एमालेलाई कमजोर पार्न सुनियोजित षड्यन्त्र भइरहेको आरोप लगाए । एमालेलाई टिक्नै नदिने, टिकिहाले उम्रिनै नदिने, उम्रिहाले हुर्किनै नदिने गरी चारैतिरबाट घेराबन्दी गरिएको भन्दै प्रधानमन्त्री ओलीले पार्टीलाई थप सुदृढ बनाएर जनताको भरोसा जित्ने बताए ।

उनले उनले एमालेबिनाको नेपाल सम्भव नरहेको भन्दै ओली बिनाको एमाले नहुने उल्लेख गरे । शनिबार झापा आएका ओलीले आइतबारसम्म आधा दर्जन विकास योजनाहरूको उद्घाटन गरेपछि आइतबारै काठमाडौं फर्किने कार्यक्रम छ ।