काठमाडौं । घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटार बोलाएका छन् । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग घुस लिने विषयमा गरेको संवाद बाहिरिएपछि छलफलका लागि मन्त्री गुप्तालाई बालुवाटारमा बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । घुस काण्डमा संलग्न विभिन्न व्यक्तिका नाम पनि आइरहेको र मन्त्री गुप्तालाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न लगाइने बताइएको छ ।
मन्त्री गुप्ताले राजिनामा गर्न नमानेको खण्डमा बर्खास्त नै गरिने बालुवाटार स्रोतले बतयो ।
उक्त अडिओ अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।