सञ्चालनमा आयो ‘हङ्ग्री वेल्स’

दियोपोस्ट संवाददाता

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले ‘हङ्ग्री वेल्स’ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा ‘हङ्ग्री वेल्स’ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

‘स्वस्थ खाना खाउँ, स्वस्थ जीवन जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको हङ्ग्री वेल्स रेष्टुरेन्टमा स्थानीय नेपाली परिकारदेखि इण्डियन, कन्टिनेन्टल लगायतका परिकारहरु पाइन्छ ।

शान्त, स्वच्छ वातावरणमा रहेको ‘हङ्ग्री वेल्स’ले ग्राहकलाई फरक स्वादसँगै न्यानो आतिथ्यता प्रदान गर्ने सञ्चालक शिशिर सिंखडाले बताए । ‘हङ्ग्री वेल्समा गुणस्तरीय र स्वस्थ परिकार प्रदान गर्नु हङ्ग्री वेल्सको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।

स्वच्छ र स्वस्थ परिकार निर्माणका लागि ‘हङ्ग्री वेल्स’ले बिभिन्न तारे होटलमा काम गरेका कुकको व्यवस्थापन गरेको छ । ‘हामीले खाने हरेक परिकार स्वच्छ, स्वस्थवर्धक हुनुपर्छ भन्ने मान्यता राखेकाले स्वच्छता र स्वस्थता कायम गर्न हरेक परिकारमा प्रयोग हुने खाद्य सामानहरुको गुणस्तरीयता मापन गरेर प्रयोग गरेका छौं,’ सञ्चालक सिंखडाले भने ।

करिब एक करोड लगानीमा सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेन्टमा पारिवारिक वातावरणमा बसेर समय व्यतित गर्न सकिन्छ । हङ्ग्री वेल्सका परिकारहरुलाई फुडमाण्डु, पठाओ फुड, भोज डील लगायतका अनलाइन प्लेटफर्मबाट होम डेलिभरीबाट पनि ग्राहकको घरघर पुर्याउने लक्ष्य रहेको बताइएको छ । सञ्चालक सिंखडाले केही समयभित्रै होम डेलिभरीको सेवा सुरु गर्ने जानकारी दिए ।

हङ्ग्री वेल्सलाई निकट भविष्यमै फ्रेन्चाइज मोडलमा समेत लैजाने लक्ष्य लिएको उनले बताए । उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर हस्पिटालिटी क्षेत्रमा फरकपन दिदैँ यस नेपालकै नमूना हुने उनको भनाई छ ।

सञ्चालक सिंखडाले डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका थिए ।