अवैध लागूऔषध सहित चार जना पक्राउ

दियोपोस्ट संवाददाता
काठमाडौं । अवैध लागु औषधसहित बिभिन्न स्थानमा नेपाल प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय अभिशेक श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको बताएको छ  ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४३ किलो ८ सय ४० ग्राम सहित भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको हो ।
प्रहरीले सिराहा, गोलबजार नगरपालिका-३ जम्दहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ बताएको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय जय कुमार नायक र मिर्चैया नगरपालिका-७ बस्ने २७ वर्षीय रंजित कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।