कार दुर्घटनामा परि अमेरिकामा दुई नेपाली विद्यार्थीको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । शनिवार राति कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र दाङका २० वर्षका रोजिन ओलीको मृत्यु भएको बताइएको छ ।

राजनको ठेगाना खुलेको छैन । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र घटनामा अन्य २ जना घाइते भएको बताइएको छ ।

सिफारिस