सञ्चारमन्त्री गुरुङले गरे राष्ट्रियसभामा निजामती विधेयक पेश

दियोपोस्ट संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ मंगलबार गरेका छन् । मन्त्री गुरुङले आज राष्ट्रियसभामा विधेयक पेस गरेका हुन् ।

अहिले विधेयकमाथि सैद्धान्तिक छलफल चलिरहेको छ । ‘कुलिङ पिरियड’सहितका प्रावधानमा राजनीतिक सहमति बेगर फेरबदल भएपछि प्रतिनिधिसभाले छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकको प्रतिवेदनका सम्बन्धमा प्रश्न उठेपछि कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा छानबिन समिति बनाइएको हो ।

राष्ट्रियसभालाई केही प्रावधान सच्याउन राज्य व्यवस्था तथा सुशासन समितिले आग्रह गरिसकेको अवस्थामा विधेयकमाथि छलफल सुरु भएको हो ।