काठमाडौँ । जीवन बीमा कम्पनीको क्षेत्रमा अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्व रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरि नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले स्थापनाको २५औँ वर्षमा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गरेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नोपल लाईफ इन्स्योरेन्स कम्पनीले हासिल गरेको उपलब्धी ऐतिहासिक भएको भन्दै कम्पनीलाई मार्ग निर्देशन गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिए ।
कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त रहेको बताए ।
सो अवसरमा अधिकृत पराजुलीले नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने जानकारी दिए ।
कार्यक्रममा कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको उनले बताए ।