अडियो सार्वजनिक गरेर मेरो चरित्र हत्या गर्न खोजियो : भूमि मन्त्री

दियोपोस्ट संवाददाता

काठमाडौँ । पोखराको बाटुलेचौरमा रहेको १३४ रोपनी जग्गा दर्ता गर्ने प्रयोजनका लागि सेटिङमा ३२ लाख रुपैयाँ घुस लिएको भन्ने अडियो सार्वजनिक भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले त्यसको खण्डन गर्दै आएका छन् । मन्त्री अधिकारीले उक्त अडियो आफुसंग सम्वन्धित नरहेको भन्दै अडियो सार्वजिनक गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको बतएका हुन् ।

बिहीबार मन्त्रालयले ‘आर्थिक वर्ष २०८१–२०८२ मा मन्त्रालयबाट भएका उपलब्धिहरुबारे जानकारी दिन’ भन्दै आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा मन्त्री अधिकारीले अडिओ प्रकरणबारे आफ्नो धारण राखेका थिए ।

अडियोमा आएका व्यक्ति र प्रयोग भएको भाषा अनुसार आफूहरूसँग सरोकार नराख्ने व्यक्तिहरू भएको मन्त्री अधिकारीले बताए । उनले उक्त काण्डमा आफ्नै कुनै भुमिका नरहेको दाबी गरे । आरोप पुष्टि भएमा आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ।