अखिल क्रान्तिकारीद्वारा शैक्षिक हड्ताल, देशभरका निजी विद्यालय बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा बहुमत पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको आम शैक्षिक हडताल कारण देशभरका नीजि विद्यालय र कलेज बन्द भएका छन् । निःशुल्क शिक्षा, शेक्षिक नीजिकरण बन्द र शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर आज शैक्षिक हड्ताल गरिएको हो ।

विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा विद्यालय बन्द छन् ।