आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

दियोपोस्ट संवाददाता

काठमाडौं । मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर मारेको आरोप लागेका नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिइएको छ । महान्यायाधिवक्ताको कार्यालयले उक्त फैसलामा चित्त नबुझेको भन्दै हदैसम्मको सजाय माग दाबी गरी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले गरेको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भएको हो ।

सो फैसलालगत्तै महान्यायाधिवक्ता रमेश बडालले असन्तुष्टि जनाउँदै पुनरावेदनमा जाने बताएका थिए ।