खर्चिलो निर्वाचन प्रणालीका कारण देशमा भ्रष्ट्राचार बढेको हो : प्रचण्ड

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् ।

शुक्रबारपार्टी कार्यालय पेरिसडाँडामा नेपाल मतदाता अधिकार मञ्चद्वारा निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक निर्वाचन प्रणली हुनु पर्ने बताए ।

सो अवसरमा नेता प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको बताए । उनले यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव नहुने भनदै जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार हुनु पर्ने धारणा ब्यक्त गरे ।

उनले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको स्मरण गराए ।

मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू प्रचण्डसमक्ष पेश गरेको छ ।

सिफारिस