काठमाडौँ । गत वर्ष साउन ९ गते दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले एक वर्ष पछि आफ्नो अन्तिम प्रतिवेदन सार्वजिनक गरेको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई समितिको अन्तिम प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलट मनिष शाक्य मात्र बाँच्न सफल भएका थिए । जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि मुलाहिजा नराखेर प्रतिवेदन आएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
आयोगले प्रतिवेदन पेस गरेलगत्तै मन्त्रालयले आफ्नो ‘वेबसाइट’मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ ।