दूरसंचार प्राधिकरणद्वारा ‘टेलिग्राम एप’ बन्द गराउन निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपमा रोक लगाउन सम्वन्धित सबैलाई निर्देशन दिएको हो ।

प्राधिकरणले नेपालमा संचालनमा रहेको टेलिग्राम एप मार्फत अनलाईन फण्डको संख्या निरन्तर बढिरहेको र मनि लाउण्डरिङ्ग जस्ता गम्भिर अपराधमा संलग्नता समेत रहेको बुझिन आएको भन्दै टेलिग्राम एपको पहँचमा तत्काल रोक लगाउन दुरसंचार सेवा प्रदायकहरुलाई सुचित गरेको छ ।