मोहन बैद्यलाई भेट्न उनकै निवास पुगे प्रचण्ड

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नेकपा(क्रान्तिकारी माओवादी)का मोहन बैद्य ‘किरण’ लाई भेटेका छन् । प्रचण्डले आज बिहान उनकै निवास टोखा पुगी बैद्यलाई भेटेका हुन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले बैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुशी व्यक्त गरे । उनले बैद्यको पूर्ण स्वास्थ्य लाभको कामना गरे । प्रचण्डसंगै पार्टी प्रवक्ता अग्नी सापकोटा, नेता मातृका यादव लगायतको उपस्थित रहेको थियो ।

बैद्य स्वासप्रस्वासको समस्याका कारण लामो समय अस्पतालमा भर्ना भई उपचार पछि फर्किएका थिए ।